arrow

बाइस दिनदेखि आमरण अनसनरत डा.केसी गम्भीर, स्वास्थ्य जटिल बनेपछि दिइयो अक्सिजन

आईसीयूमा भर्ना हुन अस्वीकार, सरकारको बेवास्ता, माग सम्बोधन गर्ने मनस्थितिमा पुगेन 

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असोज १९ सोमबार
dr-govinda-kc4.jpg
तस्बिर : फाइल

काठमाडौं । २२ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइतबारदेखि केसीलाई अक्सिजन दिन थालिएको छ । डा. केसीलाई स्वास फेर्न गाह्रो भएपछि अक्सिजन सपोर्टमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई छाती दुख्ने र स्वास फेर्न गाह्रो भएपछि आइतबार अक्सिजन सपोर्टमा राखिएको डा. तोसिमा कार्कीले जानकारी दिएकी छिन् । 

उनका अनुसार डा. केसीको शरीर पूरै दुखिरहेको छ । डा. केसीलाई यो अवस्थामा आईसीयूमा लगेर उपचार गर्नुपर्ने भए पनि उनले मानेका छैनन् । डा. केसीले अन्य औषधी लिन पनि मानेका छैनन् । डा. केसीको स्वास्थ्य कमजोर बन्दै गएपछि उनी बोल्नसमेत सकिरहेका छैनन् । 

डा.केसी चिकित्सा शिक्षामा सुधार लगायतका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेबाट आमरण अनशनमा छन् । 
जुम्लाको एक मन्दिरबाट अनसन शुरु गरेका केसीलाई स्वास्थ्य अवस्था बिग्रेपछि सरकारले अपहरण शैलीमा असोज ६ गते काठमाडौं ल्याएको थियो । तर न त सरकारले उपचार गर्यो न त वार्ताबाटै उनको समस्याको समाधान गर्ने इच्छा राख्यो । 

अहिलेसम्म सरकारका तर्फबाट आधिकारिकता केही पनि आएको छैन । सरकारका प्रवक्ता बनेपछिको पहिलो संवोधनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समय परिस्थिति राम्रो नभएकाले अनसन तोड्न आग्रह गरेका थिए । उनले डा. केसीका माग संवोधन भइसकेको भन्दै पन्छिए । 

मानवअधिकारवादी तथा नागरिक समाजका अगुवाहरुले पटक पटक डा. केसीको जीवनरक्षाको अपील गरे पनि सुनुवाई भएको छैन । 

डा. केसीसँग तत्काल वार्ता गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, साझा पार्टी, विवेकशील नेपाली दल लगायतले माग गरे पनि सरकारले सुनेको छैन । 

डा. केसीसँग वार्ता गरी माग पूरा गर्न देउवा र थापाको आग्रह



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ