arrow

बुटवललाई राजधानी नबनाएको भन्दै २२ सय बढी नेकपा कार्यकर्ताले दिए राजीनामा

दाङको देउखुरी १२ जिलालाका नागरिक सबैको साझा र माझ : मुख्यमन्त्री

logo
नारायण वली,
प्रकाशित २०७७ असोज २० मंगलबार
pradesh-rajdhani-butwal.jpg

बुटवल । प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ ।  

यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी उपत्यका १२ जिल्लामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने बताएका छन् । मंगलबार विशेष समयमा बोल्दै मुख्यमन्त्री पोखरेलले सो स्थानलाई राजधानी बनाएर बुटवललाई आर्थिक हबको रुपमा विकास गर्ने जनाए । 

प्रदेश नं ५ सरकारले स्थायी राजधानी दाङको देउखुरी उपत्यका राख्ने प्रस्ताव अघि सारेपछि सहमतिका लागि मंगलबार बैठक भइरहदा बाहिर सडकमा भने  प्रदर्शन भइरहेको छ । सडकमा  विपक्षी दल नेपाली कांग्रेस लगायतका दलहरुले बिरोध जारी राखेका छन्।

मंगलबार राजनीतिक दलहरुबिच सहमति नभए राजधानीको पक्ष र बिपक्षमा मतदान हुने छ। मतदानका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र विपक्षी दल नेपाली कांग्रेसले ह्विप जारी गरेको छ ।सरकारले ल्याएको प्रस्ताव माथि तीन जनाले संसोदन प्रस्ताव हालेका छन् ।

प्रदेश सभामा  ८७ जना सांसदहरु रहेका छन् । जसमा ६१ जना सांसद नेकपाका रहेका छन् । त्यस्तै नेपाली कांग्रेसका १९ जना, जनता समाजवादी पार्टीका ६ जना र राष्ट्रिय जनमोर्चाका १ जना सांसद प्रदेश नं.५ मा रहेका छन् । जसमा सभामुख र उपसभामुखले मतदान गर्न पाउने छैनन। नेकपा ५९ जनाले मात्र मतदान गर्न पाउनेछन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ