arrow

बीस किलो चरेस बोकेर हिडेका रेशमबहादुर समातिए

logo
प्रकाशित २०७७ असोज २१ बुधबार
gajuru-police.PNG

काठमाडौं । इलाका प्रहरी कार्यालय गजुरीले २० किलो आठ सय ग्राम चरेससहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले २० किलो चरेससहित खनियाबास गाउपालिका २ तर्चिका रेशमबहादुर तामाङलाई पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय गजुरीका सुचना अधिकारी समेत रहेका प्रहरी नीरिक्षक भोजराज पाण्डेका अनुसार गजुरी गाउँपालिका ६ आदमघाटस्थित पृथ्बी राजमार्गबाट उनी पक्राउ परेका हुन । 

प्रहरीले आदमघाट ईलाकामा लागु औषधको कारोबार हुने गरेको भन्ने बिशेष सूचनाको आधारमा हरियो रंगको जेब्रा झोलामा ३ वटा पोका र साथमा भिरेको कालो झोलाबाट सो सामान बरामद गरिएको जनाएको छ । 

उनको साथबाट सामसुङ मोवाईल थान १ र नगद आठ हजार नेपाली रुपैयाँ समेत फेला परेको प्रहरी नीरिक्ष्क पाण्डेले जानकारी दिए ।  उनीमाथी जिल्ला अदालत धादिङबाट म्याद थप पश्चात थप अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ