arrow

सरकारी बार्ता टोली र डा केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा बार्ता सुरु

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
barta-dr-govinda-kc-talk.jpg

काठमाडौं। २५ दिनदेखि सत्याग्रहमा बसेका डा गोविन्द केसीले राखेका मागका सन्दर्भमा वार्ता गर्न सरकारी बार्ता टोली र डा केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा बार्ता शुरु भएको छ। विहान साँढे १० वजर्ेबाट शुरु भएको वार्ता अहिले मध्यान्ह १२ वजेसम्म पनि जारी रहेको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी गराएका छन्। 

डा केसी अनशनमा बसेको २४ दिनपछि सरकारले सर्वत्र दवावपछि मात्र वार्ता टोली गठन गरेको थियो। सरकारले ३ सदस्यीय वार्ता टोली गठन भए लगत्तै केसीका समर्थकहरुका तर्फबाट ४ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधवार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् ।

डा केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको घोषणा भएको छ। टोलीमा डा अन्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओम प्रकाश अर्याल रहेको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्। 

सरकारी वार्ता टोली गठन भएसँगै शिक्षा सचिव मैनालीले भने, 'डा केसीको टीमसँग छलफल गरी समय र स्थान तोकेर बिहिवारबाटै वार्ता सुरु गर्ने तयारी गरेका छौं ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ