arrow

भक्ति संगीतमार्फत अन्तर्राष्ट्रिय रुपमा आध्यात्मिक जागरण गर्दै मानव धर्म

१७ देशका कलाकारको प्रस्तुती

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
globel-bhakti-sangit.jpg

काठमाडौं । भजन कीर्तन भन्नासाथ मठ–मन्दिरमा गाइने गीत बुझिन्छ। संगीतको यो विधा शुक्रबार नेपाल मानव धर्म सेवा समितिको जुम प्लेटफर्ममा सुन्न पाइनेछ । आध्यात्मिक जागरण गर्दै आएको नेपाल मानव धर्मले भोली शक्रबार  “ग्लोबल भक्ति संगीत उत्सव–२०७७” को आयोजना गर्दैछ ।

आध्यात्मिक चिन्तनको थलो भएकाले कोभिड–१९ को विश्व महामारीका कारण सारा मानव समुदाय आक्रान्त रहेको वर्तमान परिस्थितिको चपेटामा परेका मनलाई सांगितिक राहत प्रदान गर्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएका छन् । यसले नेपाली गीत संगीतलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने ठहर छ । 

असोज २३ गते, शुक्रबार साँझ ५ बजेबाट  जुम प्लेटफर्म मार्फत प्रशारण हुने कार्यक्रममा नेपालका ख्याती प्राप्त संगीतज्ञका साथै १७ वटा देशका कलाकारको प्रस्तुती रहनेछ ।  कार्यक्रममा आनी छोइङ डोल्मा, वरिष्ठ गिटारवादक अनिल शाही, श्याम नेपाली, सीतामैया एण्ड संगम श्रुति ब्याण्ड, मेट्रोनोम ब्याण्ड लगायतको प्रस्तुति रहेको छ । यस्तै नेपालका परम्परागत खैजडी, तामाङ सेलो, कौडा लगायतका मौलिक सांस्कृतिक प्रस्तुती पनि कार्यक्रमका आकर्षण रहनेछन्। २९ वटा प्रस्तुति रहने कार्यक्रममा जुममार्फत संसारभरिबाट सहभागी हुन सकिने समितिले जनाएको छ।

भक्ति संगीत खास आध्यात्मिक विधा हो। पछिल्लो समय यो विधा कर्मकाण्डमा मात्र सीमित भएको पाइन्छ । अध्यात्म्य संपूर्ण रुपमा विज्ञान हो |  विज्ञानको प्रयोग प्रयोगशालामा गरिन्छ भने अध्यात्मको प्रयोग शरीरमा गरिन्छ | आध्यात्मकोलागि हाम्रो शरीर नै एक मात्र प्रयोगशाला हो | ध्यान र साधनाद्वारा हामी हाम्रो आत्माको प्रयोग गर्न सक्दछौं | यस्तो प्रयोगले मात्र हामी ईश्वरको सत्ता र त्यो सत्तासंग हाम्रो संबंधको वोध गर्न सक्दछौं | अध्यात्म अनुभव गर्ने विषय हो ।

मानव मनलाई आनन्द र शान्ती प्रदान गर्नुका साथै नेपाली लोक बाजा र संस्कृतिको प्रवद्र्घन, परम्परागत गायनको प्रचार प्रसार र नेपाली गीत संगीत प्रति युवा पुस्तालाई आकर्षित गर्न यस कार्यक्रमले महत्वपुर्ण भूमिका खेल्ने समितिको विश्वास रहेको छ । कार्यक्रममा भक्ति संगीतका साथै सांस्कृतिक नृत्यहरू पनि समावेश गरिने समितिकी केन्द्र प्रमुख महात्मा चमेली बाइजीले बताइन् ।

नेपाल मानव धर्म सेवा समितिले आत्मज्ञान प्रचार प्रसारका साथै सामाजिक सेवा र सनातन संस्कृतिको जर्गेनाका लागि विभिन्न गतिविधिहरु गर्दै आएको छ  । श्रृष्टीको अनादी कालमा कुनै भाषा थिएन, त्यहि भएर भाषादेखि परको पनि धर्म छ । अर्थात सनातन धर्मको दुई भाग छ, एक भाग भाषाभित्र (अपरा विद्या) पर्दछ भने अर्को भाषादेखि पर (परा विद्या) छ । जुन कुरा इन्द्रियदेखि पर छ, बुद्धिदेखि पर छ, त्यसैलाई सनातन धर्मले बताएको छ । सनातन धर्ममा त्यो आत्म तत्वको कुरा छ । तर त्यसको प्रयोगात्मक र व्यावहारिक रुप नै मानव धर्म हो ।  वास्तवमा मानव धर्म भन्नु नै प्रयोगात्मक सनातन धर्म हो । यसलाई प्रयोगात्मक रुपमा आत्मानुभवि, समयको तत्वदर्शी, ज्ञानी गुरुले गरेको हुन्छ  । यो पूर्ण ज्ञान हो । यो प्राप्त भएमा अरु जिज्ञासाको समाधान आफै हुन्छ । यसैको अनुभव मानव धर्मले गराउदै आएको छ । 

महाभुकम्पको समयमा वा बाढी पहिरो लगायताका अन्य प्राकृतिक प्रकोपको समय पनि संस्थाले सधै मानविय सेवा कार्यलाई पहिलो प्राथमिकतामा राखेर आफ्ना गतिविधि सञ्चालन गर्दै आएको छ । कार्यक्रममा जोडिन जुममा ‘मिटिङ आईडी’ ८९१३४८८२३४५ र ‘पासकोड’ १२३४५ रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ