अमेरिकापछि सबैभन्दा बढि मृत्यु हुने मुलुकको यस्तो अवस्था

प्रकाशित मिति : २०७७ असोज २२ बिहिबार

साओ पाओलो, ब्राजिल । ब्राजिलमा बुधबार कोभिड–१९ संक्रमितको ३१ हजार ५५३ भएसँगै कूल संक्रमितको सङ्ख्या ५० लाख ६९४ पुगेको जोन हकिन्स विश्वविद्यालयको विज्ञान तथा इन्जिनियरिङ्ग व्यवस्थापन केन्द्रले बिहीबार जानकारी गराएको छ । 

दक्षिण अफ्रिकी यो मुलुकमा विगत २४ घण्टामा संक्रमित ७३४ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कोभिड–१९ संक्रमित एक लाख ४८ हजार २२८ जनाको मृत्यु भइसकेको छ । यस मुलुकको सबैभन्दा बढी प्रभावित शहर साओ पाओलोमा मात्रै १० लाखभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । यहाँ कूल ३६ हजार ६६९ जनाको मृत्यु भएको छ । 

अमेरिकापछि विश्वमा कोभिड–१९ संक्रमित व्यक्तिको मृत्यु हुने मुलुक ब्राजिल हो । ब्राजिलमा गत फेब्रअरी २६ मा कोभिड–१९ को पहिलो संक्रमण पुष्टि भएको थियो ।

विश्वव्यापी महामारीका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा कूल ७७ लाख ७६ हजार २२४ व्यक्ति संक्रमित भएका छन् भने संक्रमित दुई लाख १६ हजार ७३७ जनाको मृत्यु भएको छ ।  तेस्रो बढी प्रभावित मुलक भारतमा कूल ६८ लाख ३५ हजार ६५५२ व्यक्ति संक्रमित भएका छन् भने संक्रमितमध्ये एक लाख पाँच हजार ५५४ जनाको मृत्यु भएको छ । 

विश्वभर कोभिड १९ संक्रमितको सङ्ख्या तीन करोड ६४ लाखभन्दा बढी पुगेको छ भने यसका कारण १० ६४ हजा ५७६ जनाको मृत्यु भइसकेको उक्त विश्वलयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । 

विश्वका अन्य प्रभावित मुलुकहरूमा रूस, कम्वोडिया, चिली, पेरू, स्पेन, फ्रान्स, इटालीलगायत अमेरिकी र यूरोपेली मुलुक नै रहेका छन् ।

सम्बन्धित समाचार

नयाँ