arrow

गोविन्द केसीको जीवनरक्षाको माग गर्दै कोटेश्वरमा कांग्रेसको प्रदर्शन

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २२ बिहिबार
dr-kc-support-nc.jpg

काठमाडौं। अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै काठमाडौंको कोटेश्वर चोकमा नेपाली कांग्रेसले प्रदर्शन गरेको छ । केसी अनशन बसेको २५ दिन हुँदा पनि सरकारले माग पूरा नगरेको भन्दै कांग्रेसले युवा नेता कुन्दनराज काफ्लेको नेतृत्वमा प्रदर्शन गरेको हो ।

प्रदर्शनपछिको कोण सभामा काफ्लेले केसीका माग अबिलम्ब पूरा गरेर उनको जीवन रक्षा गर्न माग गरे । केसीको मेडिकल शिक्षामा सुधार र नागरिकको सहज र सर्वसुलभ उपचारको माग दुई तिहाईको कम्युनिष्ट सरकारले सुन्न नै नचाहनु आश्चर्यजनक रहेको उनले बताए ।

अनशनका क्रममा केसीलाई केही भएहाले त्यो नेकपा र प्रधानमन्त्री केपी शर्मा ओलीका लागि महंगो पर्ने चेतावनी काफ्लेले दिए । विगतमा कांग्रेसको सरकार बनेका बेला भएका सहमतिसमेत ओलीले उल्ट्याएर केसीलाई अनशन बस्न बाध्य पारेको उनको आरोप थियो ।

प्रदर्शनमा नेपाली कांग्रेस र उसका भातृ संगठनका नेता तथा कार्यकर्ताको सहभागिता थियो । नेबिसंघ नेता नवराज त्रिपाठीले केपी ओलीको संघर्ष सत्ता गरिव जनताको लागी नभई सत्ता सयलको लागी मात्र थियो भन्ने पुष्टि भएको बताउँदै देशभरका नेबिसंघलाई सडकमा उत्रन आव्हान गरे ।

कार्यक्रममा कांग्रेस नेता अर्जुन पराजुली, उमेश गुरुङ्ग, राजन अधिकारी, माधवी भट्ट, मनिस सिम्खडा लगायतको उपस्थिति रहेको नेबिसंघ नेता संजय बुढाथोकीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ