arrow

उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर, लक्षण विहीन संक्रमित घरकै आइसोलेसन बस्न अनुरोध

logo
प्रकाशित २०७७ असोज २२ बिहिबार
icu-room.jpg

काठमाडौँ ।  सरकारले कोरोना भाइरसका गम्भीर संक्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १८१ आइसियु र ७६  भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका बिहिबार नियमति पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले   ती मध्ये ८२  आइसियु श्यया र २७ वटा भेन्टिलेटरमा गम्भीर संक्रमितको उपचार भइरहेको जानकारी दिए । 

उनका अनुसार अझै ९९  आइसियु र ४९ वटा भेन्टिलेर  खाली नै रहेका छन् । अहिलेसम्म २३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १२८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६०० आइसियु र ९०० भेन्टिलेटर रहेका छन । 

बिहिबार काठमाडौँ उपत्यकामा दुई हजार ५४० जना कोरोनाका संक्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३११ जना संक्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोभिड १९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनले बताए ।  उनले सामान्य लक्षण र लक्षण विहीन संक्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड  पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे । 

मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ  । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न  मन्त्रालयले अनुरोध समेत गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ