arrow

वार्ताको प्रगति गोप्य, २६ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य बिग्रिएको खुलस्त

नसाबाट रगत ननिस्केपछि ब्लड स्याम्पल लिन सकिएन

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
dr-govinda-kc5.jpg

काठमाडौं । २६ दिनदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य दिनप्रतिदिन बिग्रिरहेको छ । उनले अनसन बसेको २६ दिन हुँदासमेत अहिलेसम्म सरकारले उनले राखेका माग पूरा गर्ने सहमति गरेर अनसन तोडाउने पहल गरेको छैन । 

उनको स्वास्थ्य भने थप गम्भीर भएको छ । बिहीबार राति स्वास फेर्न थप गाह्रो भएर अक्सिजनको मात्रा बढाउनु परेको डा तोशिमा कार्कीले बताएकी छिन् । 

डा. केसीको शरीरको नसाबाट रगत ननिस्केपछि ब्लड स्याम्पल लिन नसकिएको डा. कार्कीले बताइन् । शरीरमा विभिन्न तत्वको मात्रा सकिँदै जाँदा उनका नसा पनि सुकेका छन् । 

यो तीतो यथार्थ हो । यो खुलस्त छ । तर उनका माग पूरा गर्ने सन्दर्भमा भइरहेको वार्ता भने गोप्य रुपमा चलिरहेको छ । वार्ताको पछिल्लो अवस्था बारे जानकारी गराइएको छैन । 

डा. केसीले राखेका मागका सन्दर्भमा वार्ता गर्न सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच बिहीबार बिहानदेखि शिक्षा मन्त्रालयमा वार्ता शुरु भएको थियो । 

तर त्यसपछिको प्रगतिबारे जानकारी गराइएको छैन । निचोडमा नपुग्दासम्म त्यसलाई सार्वजनिक नगर्ने सर्तको पालना गरिएको डा केसीका तर्फबाट वार्ता टोलीका सदस्य धिवक्ता ओमप्रकाश अर्यालले बताए । 

डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार आन्तरिक छलफल गर्नुपर्ने भएकाले बिहीबारको वार्ता राति बस्ने गरी टुंगिएको थियो । 

तर राति बस्न सकेन । बिहान बस्ने भएको जनाएको थियो । 

डा. केसी अनशनमा बसेको २४ दिनपछि सरकारले सर्वत्र दवावपछि मात्र वार्ता टोली गठन गरेको थियो। सरकारले ३ सदस्यीय वार्ता टोली गठन भए लगत्तै केसीका समर्थकहरुका तर्फबाट ४ सदस्यीय वार्ता टोली गठन गरिएको थियो। 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार शिक्षा सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा। दिलीप शर्मा रहेका छन् ।

डा. केसीका तर्फबाट डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोलीको घोषणा भएको छ। टोलीमा डा अन्जनी कुमार झा, डा लोचन कार्की र अधिवक्ता ओमप्रकाश अर्याल रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ