arrow

त्रिवि प्रशासनको निर्देशनमा चलाउनेमाथि कुटपीट, नेविसंघको संलग्नता नभएको स्पष्टोक्ति

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
nebisangh-flag.jpg

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका उपप्राद्यापक प्रेम चलाउनेमाथि भएको आक्रमण र त्यसबाट उत्पन्न परिस्थितिका सन्दर्भमा नेबिसंघको गम्भीर ध्यानाकर्षण भएको भन्दै अध्यक्ष राजिब ढुङ्गानाले विज्ञप्ति जारी गरेका छन् । उनले विज्ञप्तिमा त्रिवि परिसरभित्रै उपप्राद्यापक चलाउनेमाथि भएको हमला त्रिवि पदाधिकारीको निर्देशनमा नेविसंघलाई बदनाम गराउन रचिएको एउटा षडयन्त्र भएको बताएका छन् ।

घाइते चलाउनेको शिघ्र स्वाथ्य लाभको कामना गर्दै उचित उपचारको व्यवस्था मिलाउन त्रिवि प्रशासन समक्ष नेबिसंघले जोडदार मागसमेत गरेको छ ।  

उपरोक्त घटनामा नेविसंघको कहिं कतै संलग्नता नरहेको स्पष्ट पार्दै विश्वविद्यालय हाता भित्रै घटेको घटनाको तत्काल छानविन गरी दोषी उपर कडा कारवाहीको निम्ति त्रिबि प्रशासनसँग नेविसंघले माग गरेको छ । 

षडयन्त्रको तानाबाना बन्द गरी नेविसंघसँग गरिएको सहमति पूर्ण कार्यान्वयन गर्न इमान्दारीताका साथ प्रस्तुत हुन त्रिवि प्रशासनलाई सचेत गराउॅदै सत्याग्राही डा गोविन्द केसीको मागहरुसँग सम्बन्धित  त्रिविका गलत निर्णय तत्काल सच्याउँदै डा केसीको जीवन रक्षा गर्नको निम्ति नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले पनि ध्यानाकर्षण गराएका छन् ।

यस्तो छ नेविसंघको विज्ञप्ति–
        प्रेस विज्ञप्ती
विधार्थी आन्दोलनको धरोहर, विद्यार्थीहरुको आशा भरोसाको केन्द्र नेपाल विद्यार्थी संघ शैक्षिक विकृति, विसंगतिको विरुद्ध निरन्तर क्रियाशिल छ । देशको हरेक राजनीतिक तथा शैक्षिक परिवर्तन र सुधारको नेतृत्व गरेको नेविसंघ लोकतन्त्र, विधिको शासन र कानुनी राज्यमा विश्वास गर्दछ । 
त्रिभुवन विश्वविद्यालयमा वर्तमान पदाधिकारीले सत्ताको आडमा गरेको प्राज्ञिक कत्लेआम, वैचारिक आस्थाका आधारमा गरिएको निषेधको निती विरुद्ध नेविसंघ निरन्तर संघर्षको मैदानमा छ । विभिन्न चरणमा विश्वविद्यालयको शैक्षिक सुधार तथा विद्यार्थीहरुको हक अधिकार सुनिश्चितताका लागि ने।वि।संघ केन्द्रीय समिति र विश्वविद्यालय समितिको तर्फबाट लिखित मागहरु पेश गरिएको सर्वविदितै छ । विश्वविद्यालयका सेवा निवृत्त प्राध्यापक सत्याग्राही डा गोविन्द केसी र नेपाल सरकार विचको सहमति विपरित टीयु आइओएम डीनको नियुक्तिलाई खारेज गर्न पटक पटक अनुरोध गर्दा अटेर गरी निरन्तर विधि, विधान र प्राज्ञिक भावना विपरित कम्युनिष्ट कार्यकर्ता भर्ति गरी विश्वविद्यालयलाई धरासायी गराउने गलत मनसाय पदाधिकारीहरुको देखिएपछि हाम्रो निर्णायक आन्दोलनबाट नियम विपरित भएका नियुक्तिहरु सच्चाउने गरी त्रिवि प्रशासन र ने।वि।संघ, त्रि।वि। समिति बिच लिखित सहमति भएको सर्वविदितै छ।
टीयु आइओएम डीन, टीयु टिचिङ हस्पिटल डाइरेक्टर तथा त्रिवि केन्द्रीय विभागको केही विभागीय प्रमुखहरुको नियुक्ति खारेज गर्नुको सट्टा वर्तमान त्रि।वि। पदाधिकारीहरुले सत्ताको आडमा पार्टीको भातृ संगठन तथा प्रहरी प्रशासन समेत प्रयोग गरी गलत हर्कत गर्न उद्दत भएको घटना क्रम प्रति नेविसंघ घोर भत्सर्ना गर्दछ । हाम्रा विरुद्धमा श्रृंखलावद्ध ढंगबाट गराइएको नियोजित विरोध र समाजशास्त्र केन्द्रीय विभागमा लगाइएको ताला डन प्रवृति देखाइ काट्ने कार्यले त्रिवि प्रशासन आफ्नो पूर्व सम्झौता प्रति प्रतिवद्ध नरहेको स्पष्ट देखिन्छ । प्राध्यापक जस्तो सम्मानित व्यक्तिहरुबाट विश्वविद्यालयमा विधि विधानको रक्षार्थ शान्ति पूर्ण ढंगबाट आवाज उठाउॅदा नेविसंघका मागपत्रहरु च्यात्ने, विद्यार्थी संगठनहरु माथि अपशब्द प्रयोग गर्दै गुण्डागर्दी शैलिमा ताला काट्ने कार्यको ने।वि।संघ घोर भत्सर्ना गर्दछ। शान्तिपूर्ण आन्दोलन मार्फत वार्ता बाट सहमति भई कार्यान्वयनको अन्तिम अवस्थामा पुग्दा उक्त सहमति लागु न गर्ने प्रपंच स्नरुप त्रि।वि। पदाधिकारीको निर्देशनमा त्रि।वि। परिसरमै उप–प्राध्यापक प्रेम बहादुर चलाउने माथि भएको हमला त्रि।वि। पदाधिकारीको निर्देशनमा नेविसंघ लाइ बदनाम गराउन रचिएको एउटा एषडयन्त्र मात्र हो । घाइते चलाउनेको शिघ्र स्वाथ्य लाभको कामना गर्दै, उचित उपचारको व्यवस्था मिलाउन त्रि।वि। प्रशासन समक्ष जोडदार माग गर्दछौं । उक्त घटना सँग जोडेर घटना हुनुभन्दा २ दिन अघि देखि कोरोना संक्रमित भएर उपचाररत तथा होम आइसोलेसनमा रहेका विद्यार्थी नेताहरुको नाम समेत मुछेर गरिएको अर्नगल प्रचार प्रति दुख व्यक्त गर्दै, निर्दोष विद्यार्थीहरुलाई लगाइएको झुठा मुद्धा खारेजीको माग गर्दछौं । उपरोक्त घटनामा ने।वि।संघ को कहिं कतै संलग्नता नरहेको पुनस् स्पष्ट पार्दै विश्वविद्यालय हाता भित्रै घटेको घटनाको तत्काल छानविन गरी दोषी उपर कडा कारवाहीको माग गर्दछु ।
अनेक षडयन्त्रको तानाबाना बन्द गरी नेविसंघसँग गरिएको सहमति पूर्ण कार्यान्वयन गर्न इमान्दारीताका साथ प्रस्तुत हुन त्रिवि प्रशासनलाई सचेत गराउॅदै सत्याग्राही डा।गोविन्द केसीको मागहरु सँग सम्बन्धित माग मध्ये त्रिविका गलत निर्णय तत्काल सच्याउने माग तुरुन्त पूरा गरी डा। केसीको जीवन रक्षा गर्नको निम्ती जोडदार माग गर्दछु।  
जय नेपाल ।

राजिव ढुङ्गाना
 अध्यक्ष

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ