arrow

डा केसीसँग परिणाममुखी वार्ता गर्न प्राध्यापक संघका पुर्व अध्यक्षहरुको माग                                

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
dr-govinda-kc5.jpg

काठमाडौं। नेपाल प्राध्यापक संघका पुर्व अध्यक्षहरुले चिकित्सा क्षेत्रका बेथिती सुधारका लागि अनसनरत डा गोबिन्द केसीसँग परिणाममुखी वार्ता गर्न सरकारलाइ सुझाएका छन् । सरकारले डा केसीसँग वार्ताका लागि समिति बनाएर वार्ता थाल्नु स्वागतयोग्य भन्दै प्राध्यापक संघका पूर्व अध्यक्षहरुले परिणाममुखी वार्ता हुनुपर्ने बताएका हुन ।

वार्ताको प्रयास गर्ने तर फेरि पनि सहमतिलाइ तोड्ने र कार्यान्वयन नगर्ने स्थितिले डा केसी सिंगो जनचासोको विषयमा पटक पटक अनसन बस्नु परेको उनीहरुले भनेका छन् । 'डा केसीले उठाएका माग केसीको एक्लो होइन, यो सिंगो मुलुक र जनतासँग जोडिएको विषय हो, सरकारले वार्ताको पहल त गर्यो, तर परिणाममुखी वार्ता होस, डा केसीको अनसनमा हाम्रो ऐक्यवद्धता छ।' नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका पुर्व अध्यक्ष गुणनिधि न्यौपानेले भने ।

प्राध्यापक संघका पूर्व अध्यक्ष कपिल श्रेष्ठले पहिलेका सरकारले गरेका सहमती समेत हालको सरकारबाट तोडिदा डा केसी अनसन बस्नुपर्ने अवस्था आएको बताए । उनले डा केसीका माग जायज रहेको भन्दै सरकारले माफियाको संरक्षण विरुद्धको नीति लिनुपर्नेमा जोड दिए ।

प्राध्यापक संघकै पूर्व अध्यक्ष भीमसेनदास प्रधानले पटक पटक वार्ता गर्ने र सहमती नमान्ने स्थितिको सरकारले अन्त्य गर्नुपर्ने र लोकतान्त्रिक विधि र प्रक्रियाबाट गरिने जायज मागको सरकार पक्षबाट सुनुवाइ हुनुपर्ने बताए ।

डा केसीले प्रस्तुत गरेका माग सरकार पक्षबाट सम्बोधन हुँदा सरकारप्रतिको जनबिश्वास र भरोसा समेत बढ्ने उनिहरुको धारणा छ।

डा केसीको अनसनप्रती नेपाल प्राध्यापक संघका अन्य पूर्व अध्यक्षहरु खगेन्द्र भट्टराई, डा बिनोद श्रेष्ठ, सुप्रभा घिमिरे, भुपती ढकाल, रामेश्वर उपाध्यायले समेत ऐक्यबद्धता जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ