arrow

‘बलात्कारको घटनामा पीडित महिलाकै कमजोरी खोजिन्छ’

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
human-trafficking.jpeg

काठमाडौँ । अधिकारका क्षेत्रमा कार्यरतहरुले बलात्कारलगायत महिलामाथि हुने यौन हिंसाका घटनामा महिलाकै कमजोरीलाई खोजिँदा पीडित महिला अझै पीडित भइरहेका बताएका छन् । 

त्रिभुवन विश्वविद्यालय, मानवशास्त्र केन्द्रीय विभाग र महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले शुक्रबार आयोजना गरेको ‘महिला र दतिमाथिको बढ्दो अपराध’ विषयको वेभ छलफमा उनीहरुले कुनै पनि घटनामा पीडकलाई उन्मुक्ति दिएर पीडितको कमजोरी खोजिने प्रवृत्ति हट्न नसकेको बताए । 

महिला अधिकारवादी डा रेणु राजभण्डारीले अहिले पनि बलात्कृत महिलालाई समाजले बिटुलिएको र परिवारको इज्जत जान्छ भन्ने रुपमा लिने गरेको उल्लेख गरिन् । अधिकारकर्मी र मिडियाले  पीडकलाई कारवाही भए-नभएको कुरामा ध्यान दिए पनि महिलामा परेको सामाजिक, मानसिकलगायत असरबारेमा ध्यान नदिएको उनको औँल्याइन् । उनले भनिन्, “अहिलेसम्म धेरै राजनीतिक बहस भए पनि अबका दिनमा रुपान्तरणमुखी सामाजिक बहसको खाँचो छ ।”

पत्रकार तथा सामाजिक अभियानकर्मी कनकमणि दीक्षितले अबको बाटो सामाजिक शिक्षा नै भएको औँल्याए । सामाजिक, नैतिक शिक्षा र सहअनुभूतिका कुरा बालबालिकालाई सिकाउन खाँचो रहेको उनको भनाइ थियो । महिला हिंसाका घटना नेपालमा मात्रै नभएर संसारभर भइरहे पनि मूलधारकै मिडियामा पनि कमजोर र शक्तिहीन महिलाका रुपमा चित्रण गरिने गरेको बताए । उनले भने, “युट्युबलगायतका मिडियाको नियन्त्रणको कुरा उठिरहँदा यससँगै वाकस्वतन्त्रताको विषय जोडिएको छ ।”

सामाजिक अभियानकर्मी गौरा नेपालीले पाठ्यक्रममा रहेको जातीय विभेदका विषयवस्तु हट्न नसकेको औँल्याए । पाठ्यक्रममा दलितलाई तल्लो जातका रुपमा चित्रण गरिएकाले सो समुदायका बालबालिकामा आफू तल्लो जातको हुँ भन्ने भावना विकास भएको उनको भनाइ थियो ।

 कतिपय शिक्षित व्यक्ति समेत दलितका विषयप्रति संवेदनशील हुन नसकेको उनको आरोप थियो । उनले भने, “डिग्री पढेका व्यक्तिमा समेत समान भए आरक्षण किन चाहियो र समान नभए विभेद किन नगर्ने भन्ने सोचाइ पाइन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ