arrow

भक्तपुरमा किशोरी बसभित्र करणी गर्ने दिपेश राई भद्रपुरबाट पक्राउ

logo
प्रकाशित २०७७ असोज २३ शुक्रबार
Rape-Cases.jpg

भक्तपुर । यही असोज १७ गते भक्तपुर नगरपालिका–८ कालाँचामा बसभित्र १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्नेमध्ये फरार रहेका एक जनालाई प्रहरीले भद्रपुरबाट पक्राउ गरी शुक्रबार यहाँ ल्याएको छ । 

महानगरीय प्रहरी परिसर भक्तपुरले शुक्रबार पत्रकार सम्मेलन गरी बलात्कार आरोपी तीन जनालाई सार्वजनिक गरेको छ । किशोरीलाई बेहोस बनाएर रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा फरार रहेका झापाको भद्रपुरका २२ वर्षीय दिपेश राईलाई भक्तपुर प्रहरी र अपराध अनुसन्धान महाशाखाको टोलीले झापा प्रहरीसँगको समन्वयमा पक्राउ गरी यहाँ ल्याएर अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए । 

रत्नपार्कबाट किशोरीलाई पानीमा बेहोस हुने औषधि खुवाएर भक्तपुर ल्याएर आफूले पटक–पटक बलात्कार गरी अन्य दुई जनालाई किशोरी बलात्कार गर्न दिई फरार भएका राईलाई प्रहरीले पक्राउ गरेको हो । 

यसअघि रत्नपार्क–भक्तपुर रुटमा चल्ने बा.३ ख. २६१२ नम्बरको बसमा किशोरीलाई रातभरी पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले घट्नास्थलबाट सिन्धुपाल्चोक घर भएका २२ वर्षीय निरकुमार खड्का र सोही ठाउँका सुर्य श्रेष्ठलाई पक्राउ गरेर किशोरीको बसबाट उद्दार गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ