arrow

डा गोविन्द केसीको जीवन रक्षाका लागि ९ बरिष्ठ चिकित्सकहरुको अपिल

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २४ शनिबार
dr-govinda-kc5.jpg

काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका सम्बन्धमा डा. गोविन्द के.सी. ले पटक–पटक आमरण अनसन बसी नेपाल सरकार समक्ष विगतमा १८ औं पटक सम्म गरेका सम्झौताको भावना र मर्म अनुरुप नेपाल सरकारको तर्फबाट स्वामित्व ग्रहण गरेका जायज मागहरुको कार्यान्वयनका लागि डा. गोविन्द के.सी. १९ औं पटक आमरण अनसन बसेको २७ दिन भईसकेको छ ।

स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तैं गम्भिर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने बिषमपूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भिरतापूर्वक लिन र प्रधानमन्त्रीले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न ९ जना बरिष्ठ चिकित्सकहरुले सार्वजनिक अपिल गरेका छन् । अपिलकर्ताहरुका तर्फबाट डा केदारनरसिंह केसीले विज्ञप्ती निकाल्दै केसीको जीवनरक्षाका लागि सरकारलाई सार्वजनिक रुपमा आह्वान गरिएको बताए । 
 
हाल भई रहेको वार्तालाई जिम्मेवार, प्रभावकारी र ठोस निर्णयमा पुर्‍याउनका निमित्त अपनाउनु पर्ने संवेदनशिलतालाई सुक्ष्म रुपमा मनन गरी डा. के.सी.को जीवनरक्षा गर्ने प्रमुख दायित्वप्रति वार्तासमूहलाई गम्भिर हुन समेत चिकित्सकहरुले अनुरोध गरेका छन् । यसरी अपिल गर्ने चिकित्सकहरुमा पूर्व स्वास्थ्य राज्य मन्त्री डा. भरत प्रधान, पूर्व राजदुत डा. महेश मास्के, पूर्व राजदुत डा. चोपलाल भुसाल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. अर्जुन कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, वरिष्ठ चिकित्सक एवं सामाजिक अभियन्ता डा. सरोज धिताल, अध्यक्ष, नेपाल अनुसन्धान परिषद् एवं नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. अन्जनी कुमार झा, नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. मुक्तिराम श्रेष्ठ र नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. केदारनरसिंह के.सी. रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ