बाँके । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले मधेसमा आन्दोलनरत मधेसी मोर्चा माग सम्बोधन भए अर्को आन्दोलन उठ्ने बताएका छन् । बाँकेको नेपालगन्ज पुगेका थापाले बिहीबार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै तराईमा दुई प्रदेश कायम गर्दा अर्को आन्दोलन उठ्न सक्ने बताएका हुन् ।
थापाले भने, ‘अहिले एउटाको माग सम्बोधन गर्दा भोली अन्य जातजातिले आन्दोलन गर्ने खतरा छ ।’ मुलुकको संवेदनशीतलतालाई बुझेर वार्ताबाट समस्याको समाधान खोज्न आग्रह गर्दै मन्त्री थापाले भोली उठने आन्दोलनको माग लाई के गर्ने ? भन्दै प्रश्न गरे ।
उनले भने,‘आन्दोलन जायज भए पनि नागरिकलाई दुःख दिने काम जायज कदापि हुन सक्दैन ।’ बोटो राजनीतिक सहमति नै हो । यद्यपि, उनकै नेतृत्वमा सरकारी वार्ता टोली बनेको छ । मन्त्री थापाले भारतले दुई महिनादेखि पारवाहन र आपुर्ति रोक्नुको कारणबारे सरकार र अन्र्तराष्ट्रिय समुदायले बुझ्न नसकेको गुनासो गरे ।