arrow

'अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि आईसीयू पाउनेवाला छैनन्'

'सरकार होपलेस देखियो'

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
ktm-vally-seen.jpg

लण्डन । नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँमा सघन उपचार कक्ष (आईसीयू) पाउन नसकिने अवस्था आइलागेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले भने 'अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि सघन उपचार कक्ष पाउनेवाला छैनन् ।' 

जाडौ मौसम सुरु भएको र शितलहर अर्को समस्या नेपालले भोग्ने भन्दै  उनले भने, 'जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।'

त्यस्तै पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गरेका छन्।  उनले भने, “सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको खासै काम भएन । सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो ।'
    
 शनिबार सम्पन्न 'महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा  विपद् व्यवस्थापन विज्ञ समेत रहेका उनले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोरोनाबाट हालसम्म ६०० जनाको ज्यान गएको र संक्रमितको सङ्ख्या एक लाख नाघेको बताए ।

उनले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको जनाए । “विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधान मै स्पष्ट छ ।'उनले भने ।

पूर्वस्वास्थ्य सचिव डा सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको आरोप लगाए । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका उल्लेखनीय काम हुन सकेन भने ।

एनआरएनएका आइसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले विपद्मा सहयोग गर्दै आएको बताए । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले पूर्वतयारी विना महामारी नियन्त्रणको काम गर्न सकिँदैन भने । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ