arrow

थप एक संक्रमितको मृत्यु, सुदूरपश्चिममा १९ पुग्यो मृतक संख्या

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
Dead_Body.jpg.jpeg

सुदूरपश्चिम । कोरोना संक्रणबाट सेती सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत एक पुरुषको आइतबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती पुरुषको यही असोज २० गते कोरोनो पुष्टि भएको थियो ।  अस्पतालमा अहिलेसम्म छ जना संक्रमितको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

 यसैगरी प्रदेशभर मृत्यु हुनेको सङ्ख्या १९ जना पुगिसकेको छ । सो अस्पतालमा २३ जना आइसोलेशनमा र दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९का सक्रिय संक्रमित बिरामी बढ्दै गएका छन् ।  प्रदेशमा शनिबार एकै दिन १३७ जना सक्रिय संक्रमित थपिएपछि सक्रिय संक्रमित एक हजार १७७ पुगेका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार साँझसम्म कोभिड–१९का कूल संक्रमित सात हजार ९५१ जना पुगेका छन् । असोज महिना लागेसँगै प्रदेशमा संक्रमित हुने र मृत्यु हुने दरमा केही वृद्धि भएको छ ।  तोकिएका स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाई सर्वसाधारणको चहलपहल बढ्दै जाँदा कोरोनाको जोखिम पनि बढेको स्वास्थ्यकर्मीको भनाइ छ । 

चाड पर्व नजिकिँदै जाँदा पछिल्ला दिनमा बजार क्षेत्रमा किनमेल गर्न आउने सर्वसाधारणको भीड बढ्ने गरेको छ । संक्रमणबाट हालसम्म प्रदेशको कैलाली जिल्लाका १० जना, अछाम, बझाङ र बाजुराका दुई-दुई जना र कञ्चनपर, डडेलधुरा र बैतडीका एक-एक जनाको मृत्यु भएको छ । 

पछिल्ला दिनमा प्रहरी, विभिन्न कार्यालय र बैंकका कर्मचारी, जनप्रतिनिधि,  सञ्चारकर्मीलगायतमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ