arrow

'यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ'

नेपालको शहर र घना वस्तीमा फैलिरहेको'

logo
प्रकाशित २०७७ असोज २५ आइतबार
dashain-tika-2073-1.png

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ लाई समान्य रुपमा नलिन अपिल गरेको छ । मन्त्रालयको नियमित प्रेश ब्रिफिङमा प्रवक्ता प्रा डा. जागेश्वर गौतमले हालसम्म पनि कोभिड-१९ रोकथामसम्बन्धी भ्याक्सिन पत्ता नलागेको अवस्थामा त्यसलाई सामान्य रुपमा नलिन र तत्काल यसको नियन्त्रण सम्भव नभएको बताए । उनले भने, “हामी आफैँ सचेत भएनौँ भने अवस्था अझै जटिल आउन सक्छ, त्यसैले हामी जो जहाँ छौँ सचेत बनौँ सुरक्षित रहौँ ।” 
    
उनले कोरोना संक्रमण नेपालको शहर र घना वस्तीमा फैलिरहेको बताउँदै त्यस्ता ठाउँहरुमा भिडभाड कम गर्नुपर्नेमा जोड दिए । प्रवक्ता गौतमले चाडपर्व नजिकिंदै गरेको सन्दर्भमा किनमेल गर्न जाँदा सावधानी अपनाउन, अनिवार्य मास्क प्रयोग गर्न, अनिवार्य रुपले सावुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न आग्रह गरेका छन्। 
    
चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा कोभिड-१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न पनि अपिल गरिएको छ । मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्तिबाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ । उनले भने, “सरकारले पटकपटक अपिल गर्दै आएको छ, यसपालिको चाडपर्वमा बाहिर आवतजावत नगरौँ जहाँ छौँ तेही मनाऔँ ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ