arrow

निमोनिया भएर सुमेरु ल्याइएका युवकको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
Dead_Body.jpg.jpeg

धादिङ । कोरोना भाइरस संक्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ । 

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका –३ का २२ वर्षीय युवकको  यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको सोमबार बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।

 यससँगै धादिङका सात जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ