उपत्यकाभित्र बाइस सय तिरासी जनामा संक्रमण, देशभर नौ जनाको मृत्यु

प्रकाशित मिति : २०७७ असोज २६ सोमबार

काठमाडौँ ।  पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा बाइस सय तिरासी जनामा कोरोना संक्रमित भेटिएका छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौँमा अठार सय  ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ संक्रमित थपिएका छन् ।

 साथै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्या एक लाख एघार हजार नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर  ४ हजार ४७  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कूल संक्रमितको सङ्ख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । योसँगै देशभरि सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । उनीहरुमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना छन् ।  क्वारेन्टिनमा रहनेहरु चार हजार ८३१  छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार २४ घण्टामा नेपालमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ पुरुष र दुई महिला छन् ।   मृत्यु हुनेमा काठमाडौँकी ७१ वर्षीया महिला र चितवनकी ४० वर्षीया महिला रहेका छन् । भने रुपन्देहीका ७४ वर्षीय पुरुष, काठमाडौँका ६३ वर्षीय पुरुष, ६७ वर्षीय पुरुष र ५० वर्षीय पुरुष, सुनसरीका ३७ वर्षीय पुरुष, ८९ वर्षीय पुरुष र ९० वर्षीय पुरुष रहेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ४५ पुगेको छ । 

प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पिसिआर परीक्षण गरिएको बताए ।  पछिल्लो समय एक हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल सङ्ख्या ७७ हजार २७७ पुगेको छ ।  भाइरसबाट  निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।

हाल मनाङ जिल्लामा मात्रै कोरोनाको सक्रिय संक्रमित छैनन्  । पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका नौ जिल्लामा  मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर छन् ।  देशभर संक्रमितमध्ये २७९ जना सघन उपचार कक्ष  र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् । 

नयाँ