arrow

उपत्यकामा संक्रमण बढेपछि आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन

logo
प्रकाशित २०७७ असोज २६ सोमबार
ministry-covid-corona-press-meet.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना संक्रमितको सङ्ख्या बढिरहेका समयमा मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।  

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयको भनाइ छ । 

काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने  कार्यको शुरुआत भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका  प्रवक्ता डा गौतमले जानकारी दिए ।  

त्यसैगरी सरकारले काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने जनाएको छ । सार्वजनिक स्थान तथा सार्वजनिक यातायातमा सुरक्षाका मापदण्ड कडाइका साथ लागु गर्न गराउन सम्बद्ध  निकायलाई अनुरोध गरिने भएको छ ।

 यात्रापूर्व सात दिन र गन्तव्यमा पुगिसकेपछि पुनः सात दिन एकान्तबास  बसी कोरोनासँग सम्बन्धित कुनै लक्षण देखिए चिकित्सकको निगरानीमा बस्न मन्त्रालयले आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ