arrow

बेहोस अवस्थामा अस्पताल ल्याइएका र दमका बिरामीको संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
Dead_Body.jpg.jpeg

मोरङ । कोरोना भाइरसबाट संक्रमित दुई जनाको मंगलबार यहाँ उपचारको क्रममा मृत्यु भएको छ । 

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।    

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो । 

बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ । मृतकको गएको शनिबार संक्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा मंगलबार मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । 

दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि  भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ