arrow

अब कोभिड-१९ को परीक्षण एन्टिजोनबाट पनि

logo
प्रकाशित २०७७ असोज २७ मंगलबार
covid-test-corona.jpg

काठमाडौँ । सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को  परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । 

राष्ट्रिय कोभिड-१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड-१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ  । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ । 

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उनले बताए ।

 उनका अनुसार कोभिड-१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय  जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ