arrow

सरकारले गर्याे कोरोना बिमाको रकम बिमितले नपाउने निर्णय, परिक्षण र उपचारमै खर्च गर्नुपर्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २८ बुधबार
bima_samiti.JPG

काठमाडौं । अब कोरोना बीमा गराएका (बिमित)ले बीमाको रकम नपाउने भएका छन् । सरकारले बीमा गराएकाले बीमा सुल्कबाटै परिक्षण र उपचार गर्नुपर्ने निर्णय गत १९ असोजमा गरेसँगै बीमाको रकम परिक्षण एवं उपचारमा खर्च गर्नुपर्ने भएको हो । स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी गराएका हुन् ।

यसअघि सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको परीक्षणदेखि उपचारसम्म निसुल्क गर्दै आएको थियो । तर, अब बीमा गराएका व्यक्तिले परिक्षण देखि उपचार खर्च सबै कोरोना बीमाको रकमबाटै कटाउने निर्णय गरेसँगै बिमितले रकम नपाउने भएका हुन् ।

मन्त्रालयका प्रवक्ता गौतमले आर्थिक रुपले अशक्त, असहाय, अतिअपांगता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थकर्मीहरुमा लक्षिण देखिएमा निसुल्क परिक्षण गरिने बताए । ‘तर, उल्लेखित व्यक्तिहरुले कुनै कम्पनीबाट कोरोना बीमा गराएको भएमा परिक्षण र उपचार खर्च नीजको बीमा रकमबाट बेहोर्ने छ’ गौतमले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ