arrow

सरकार र चिनियाँ अतिक्रमणविरुद्ध नेविसंघको प्रदर्शन

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
nsu.PNG

दार्चुला । नेपाल विद्यार्थी संघले दार्चुलामा विरोध प्रदर्शन गरेको छ । नेविसंघले सरकारविरुद्ध र हुम्लामा भएको चिनियाँ अतिक्रमणविरुद्ध प्रदर्शन गरेको हो । सिमा अतिक्रमणको विषयलाई सरकारले गम्भीर रुपमा नलिएको हुदा आफूहरुले विरोध प्रदर्शन गरेको नेविसंघ नेता सुरेन्द्र जोशीले जानकारी दिए । 

सरकार जनभावना अनुसार चल्न नसक्दा जनताले दुःख र सास्ती मात्र भोग्नु परेको उनले बताए ।

नेविसंघले सरकारविरुद्ध नाराबाजी गर्दै खलंगा बजार परिक्रमा गरेका थिए । उनीहरुले ‘बेसार होइन् पीसीआर, हत्या हिंसा बन्द गर । शान्ति सुव्यवस्था कायम गर, गो ब्याक चाइना, मिचिएको नेपाली भूमी फिर्ता गर’ त्रीभूवन विश्व विद्यालयमा नेविसंघलाई लगाइएको झुटा मुद्धा खारेज गर जस्ता नारा लगाएका थिए । 

विरोध र्‍यालीमा नेविसंघ, नेपाल तरुण दल र नेपाल दलित संघ लगायतको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ