arrow

हेटौँडाका संक्रमितको चितवनमा मृत्यु

logo
प्रकाशित २०७७ असोज २८ बुधबार
corona-killed-final.jpg

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगतिटोलका ६६ वर्षीय पुरुष रहेका छन् । 

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको बुधबार साँझ ६:१५ बजे मृत्यु भएको सूचना अधिकारी पौडेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ