arrow

उपत्यकामा उन्नाइस सय पैंतीससहित सैंतीस सय उनन्चासमा संक्रमण, थप १९ को मृत्यु

logo
प्रकाशित २०७७ असोज २९ बिहिबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर थप तीस सय उनन्चास जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । योसँगै सक्रिय संक्रमितको सङ्ख्या ३६ हजार ५३३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा बिहिबार उन्नाइस सय पैंतीस जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए ।  काठमाडौँमा एक हजार ६९३, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी उपत्यकामा उन्नाइस सय पैंतीस जनामा संक्रमण पुष्टि भएको हो । 

यसैगरी पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएको मन्त्रालयद्वारा जारी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिए ।

 हालसम्म कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज हुनेको सङ्ख्या ८४ हजार ५१८ पुगेको छ । बिहिबार १६ हजार ५९८ पिसिआर परीक्षण गरिएको छ ।


नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ । 

मुलुकभर संस्थागत आइसोलेसनमा १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेको मन्त्रालयले जनाएको छ । 

साथै मुलुकभर विभिन्न क्वारेन्टिनमा चार हजार ८२५ जना रहेका छन्। कोरोना संक्रमित मध्ये ६८ जनाको भेन्टिलेटरमा र ३१४ जनाको आइसियुमा उपचार भइरहेको उनले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ