arrow

सरकारविरुद्ध उत्रियो कांग्रेस वीपी, दियो १५ कारण

logo
प्रकाशित २०७७ कार्तिक १ शनिबार
congress-bp1.jpg

काठमाडौं । नेपाली काँग्रेस (वी पी) केन्द्रीय कार्यसमितिले सरकारविरुद्ध माइतीघर मण्डलामा शुक्रबार मैनबत्ती जुलुस र विरोधसभा आयोजना गरेको छ । नेपाली काँग्रेस (वी पी) का केन्द्रिय कार्यालय सचीव सुशीलराज वाग्लेले संविधानमा भएको धर्म निरपेक्षता, संघियता र गणतन्त्र आयातित भएको भन्दै चाडबाडपछि देशव्यापी आन्दोलनको घोषणा गर्न माइतीघर मण्डलामा विरोध सभा गरी आन्दोलनको घोषणा गरिएको जानकारी दिए । ।

उसले विभिन्न माग पनि राखेको छ । सरकारले राष्ट्रघाती कदम हत्या, हिंसा, बलात्कार, जनविरोधि गतिविधिविरुद्ध मैनबत्ती जुलुस र विरोधसभा आयोजना गरेको जनाएको छ । 

आफूहरुले सरकार विरुद्धविरोध गर्नुको १५ बुँदे कारण समेत प्रस्तुत गर्दै नेपाली काँग्रैस बीपीले सरकारका जनविरोधी क्रियाकलाप तथा भ्रष्टाचार र प्रमुख प्रतिपक्ष दलको मौनताको समेत विरोध गरेको जनाएको छ ।

उनीहरुले मुलुकमा भएका बलात्कार तथा हत्याका श्रृंखलाको अन्त्य गरी बलात्कारीलाई हुँदैसम्मको कारबाही गर्नुपर्ने, सीमा विवादको समस्या हल गर्नुपर्ने, डा गोविन्द केसीसँग सरकारले १९ औं अनसन तोड्ने क्रममा गरेका सम्झौतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, ९ वर्षदेखि अनसनरत गंगामायालाई न्याय दिनुपर्ने लगायतका विभिन्न कामहरु राख्दै उनीहरुले आन्दोलन गरेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ