arrow

चार दिनअघि बेहोश भएका डा यादवको निधन, चन्द मन्त्रिमण्डलमा थिए स्वास्थ्यमन्त्री

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
damber-yadhav.jpg

सप्तरी । पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षका उमेरमा आइतबार निधन भएको छ ।  महादेवा गाउँपालिका–३ बथनाहा निवासी  डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजयले जानकारी दिए ।

 काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए । उनी चार दिनअघि अचानक बेहोश भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्काघातका कारण निधन भएको अजयले बताए ।

यादव २०३६ साल जेठ १८ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए । यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उन स्वास्थ्यमन्त्री रहेका थिए । 

प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय डा यादव मधेशी नागरिक समाजका अध्यक्षको हैसियतमा सामाजिक कार्यमा संलग्न रहेका थिए ।  उनको  बथनाहास्थित पैतृक गाउँमा आइतबार साँझ दाहसंस्कार गरिने डा यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवका एक छोरा र एक छोरी छन् । उनकी श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ