arrow

कोभिडका नाममा मजदुरलाई तलमाथि गरिए सह्य नहुने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २ आइतबार
jitnarayan-shrestha.jpg

चितवन । कोभिडको नाममा मजदुरहरुलाई कसैले तलमाथी गर्न खाजे चुप लागेर नबस्ने नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले बताएका छन् । नेपाल टेड युनियन कांग्रेस जिल्ला शाखा चितवनले आफ्ना सदस्यहरुलाई प्रदान गरेको १ दिने श्रम मापदण्ड सम्बन्धि आधारभुत ट्रेड युनियन शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रममा बोल्दै श्रेष्ठले कार्यस्थलमा खटिएका श्रमजिबीहरुले स्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न आग्रह गर्दै सो को सम्पूर्ण ब्यवस्था सञ्चालकहरुले गनुपर्ने बताए। कोरोनाले दिएको कष्ट र भयबाट उम्कन सकारात्मक सोच र तनाब ब्यवस्थापननै अचुक अस्त्र भएको उनले बताए । 

भौतिक दुरी कायम गर्दै सम्पन्न गरिएको अभिमुखिकरण कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसमा आवद्ध बिभिन्न संघ संस्थाका २५ जना सदस्यको उपस्थिती थियो । सहभागीहरुलाई कोभिड १९ ले रोजगारी लगायत श्रम बजारमा पारेकोे प्रभाब र समाधानको उपाय, सस्थाको बर्तमान सांगठानिक संरचना, असंगठित क्षेत्रका चुनौती र सम्भावना साथै अर्थब्यवस्था लगायतका बिषयमा नेपाल ट्रेड युनियन कांग्रेस बागमति प्रदेश अध्यक्ष धनश्याम चापागाई, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका उपाध्यक्ष पूर्णप्रसाद शर्मा र सचिब रमेश खनालले सहजीकरण गरेका थिए । 

नेपाल टेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल टेड युनियन कांग्रेस चितवनका पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य बैकुण्ठराज पौडेल, नेपाली कांग्रेसका नेता धनबहादुर गुरुङ लगायतले मन्तब्य राखेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ