उपत्यकामा सोह्र सय अन्ठानब्बेसहित उनन्तीस सय बयालीस संक्रमित थप, बाह्रको मृत्यु

प्रकाशित मिति : २०७७ कार्तिक २ आइतबार

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा सोह्र सय अन्ठानब्बे कोरोना संक्रमित थपिएको डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका संक्रमितमध्ये काठमाडौँमा एक हजार ४६९, ललितपुरमा १३० तथा भक्तपुरमा ९९ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।     
 
 पछिल्लो २४ घण्टामा नेपालमा थप उनन्तीस सय बयालीस जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या एक लाख ३२ हजार २४२ पुगेको छ ।      

देशका विभिन्न प्रयोगशालामा २४ घण्टामा १४ हजार ८३१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा गौतमले जानकारी दिए । हालसम्म ९२ हजार १६६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा दुई हजार ३२६ संक्रमित निको भएर घर फर्किएका छन् । 

हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण गरिएको छ । देशभर हाल ३०१ संक्रमितको अतिसघन कक्ष तथा ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको डा गौतमले बताए ।

 प्रदेश नं १ मा ३५ संक्रमित अतिसघन कक्षमा र ११ भेन्टिलेटरमा, प्रदेश नं २ मा १२ संक्रमित अतिसघन कक्षमा, वाग्मतीमा १६६ संक्रमित अतिसघन कक्षमा र ४६ भेन्टिलेटरमा, गण्डकीमा २० संक्रमित अतिसघन कक्षमा र  चार भेन्टिलेटरमा, लुम्बिनीमा ५५ संक्रमित अतिसघन कक्षमा र चार भेन्टिलेटरमा, सुदूरपश्चिममा ६ संक्रमित अतिसघन कक्ष र तीन भेन्टिलेटरमा तथा कर्णालीमा सात संक्रमित अतिसघन कक्ष र दुई जनाको भेन्टिलेटरमा भइरहेको  जनाइएको छ  । 

हाल देशभर ३९ हजार ३४१ सक्रिय संक्रमित छन् । छब्बीस हजार  ४०८ संक्रमित होम आइसोलेशनमा बस्दै आएका छन् । होम आइसोलेशनमा रहेका संक्रमित प्रदेश नं १ मा चार हजार १२०, प्रदेश नं २ मा ८१४, वाग्मतीमा १६ हजार ७६५, गण्डकीमा ९३०, लुम्बिनीमा दुई हजार २८१, कर्णालीमा ८०८ तथा सुदूरपश्चिम प्रदेशमा ६९० छन् । हाल चार हजार ८३१ संक्रमित क्वारेन्टिनमा छन् ।  

यस्तै हालसम्म प्रदेश नं १ मा सात हजार ९३४, प्रदेश नं २ मा १५ हजार ५७०, वाग्मतीमा ४० हजार २४४, गण्डकीमा चार हजार ७८७, लुम्बिनीमा ११ हजार ८७६, कर्णालीमा तीन हजार ८६८ तथा सुदूरपश्चिम प्रदेशमा सात हजार ८८७ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।  
 
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ ।  यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको छ । शनिबार पनि १२ संक्रमितको मृत्यु भएको थियो ।  

नयाँ