arrow

चार सय चौरहत्तर संक्रमित थपिए

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
covid-test-positive-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टाका अवधिमा प्रदेश नं  १ मा चार सय चौरहत्तर  कोरोना संक्रमित थपिएका छन् । तीमध्ये  १४९ महिला र ३२५ पुरुष छन् । 

थपिएका संक्रमितमा मोरङका २६५ मध्ये विराटनगरमा १५४, सुनसरीमा ९३, झापामा ५६, उदयपुरमा २९, इलाममा सात, सङ्खुवासभामा पाँच, भोजपुरमा दुई, धनकुटा, तेह्रथुम, पाँचथर र ओखलढुङ्गामा एकएक तथा प्रदेश बाहिरका १३  संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टाका अवधिमा १५ जनासहित अहिलेसम्ममा प्रदेशमा पाँच हजार ५७५ जना निको भएर घर फर्किएका छन् । सो अवधिमा एक हजार ४६८ जनासहित अहिलेसम्ममा कुल एक लाख ४६ हजार ८५० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ