arrow

माछा मार्न गएकी भाउज्यूको हत्यापछि गाड्ने देवर सार्वजनिक

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
dead-body-parashi.jpg

कञ्चनपुर ।  भाउज्यूको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ परेका शुक्लाफाँटा नगरपालिका ८ का २४ वर्षीय मानसिंह खुनालाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको छ ।

प्रहरीले ३५ वर्षीया कलावतीको हत्याको आरोपमा मानसिंहलाई गत असोज २८ गते पक्राउ गरेको हो । कलावतीको शव सुनवरा नदी किनारमा खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । 

उनीहरु दुवै संगै माछा मार्न खोलामा गएका थिए । देवरसंगै खोलामा माछा मार्न गएकी कलावतीको शव नदीको किनारामा गाडिएको अवस्थामा फेला परेपछि मानसिंहलाई प्रहरीले पक्राउ गरेको थियो । 

 प्रहरीले सार्वननिक गरेका खुना  कलावतीका  देवर हुन् । उनले सुनवरा नदीमा माछा मार्न नदीमा पसेका अवस्थामा घाँटी च्यापेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

 साथै प्रहरीले पुनर्वास नगरपालिका –६ बाट ४४ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेका चार जनालाई आइतबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी लागुऔषध खैरो हिरोइनका कारोवारमा संलग्नलाई सार्वजनिक गरेको हो । 

सार्वजनिक गरिएकामा पुनर्वास– ४ घ गाउँका दिनेश भट्ट तथा बेलौरी नगरपालिकाका गगन शाही, रमेश रावत र रोशन शाही छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले अहिलेसम्मकै सबैभन्दा ठूलो मात्राको खैरो हिरोइन बरामद गरिएको बताए। 

पुनर्वास– ६ ङ गाउँस्थित सडकखण्डमा भारतबाट ल्याइरहेका अवस्थामा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले हिरोइनसहित चार जनालाई शनिबार पक्राउ गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ