arrow

कांग्रेस सांसद दिव्यमणीले भने, ‘दशैं भत्ता फिर्ता गर्ने निर्णय औपचारीक रुपमै गरियोस’

नागरिकको स्वास्थ्यको अधिकारमाथि सरकारले गर्‍यो भद्धा मजाक

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
dibyamani-rajbhandari.gif

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीले दशैं भत्ता फिर्ता गर्ने निर्णय औपचारीक रुपमै गर्न पार्टी नेतृत्व र संसदीय दल कार्यसमितिसँग माग गरेका छन् । सांसद राजभण्डारीले संसदीय दलको कार्यसमितिको तत्काल वैठक राखेर औपचारीक निर्णय गर्न माग गरेका हुन् । 

पार्टीका विभिन्न विभाग र समितिको भर्चुअल वैठक राखेको झै संसदीय दलको समेत भर्चुअल बैठक राखेर तत्काल निर्णय गर्न सांसद राजभण्डारीले माग गरेका हुन् । वैठक बोलाउन तत्काल नसक्ने हो भने पनि दशैं भत्ता फिर्ता लिने बारेमा  पार्टी सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवाको तर्फबाट पार्टीका सांसदहरुलाई औपचारीक निर्देशन जारी गर्नुपर्ने उनले बताए ।

संसदीय दलका पदाधिकारीहरुले व्यक्तिगत रुपमा भन्दा दलको विधी, विधान र पार्टीको सामुहिक हितलाई हेरेर निर्णय गर्न सांसद दिव्यमणीले आग्रह गरे । उनले भने, ‘ जिम्मेवारीमा रहेकाहरुले व्यक्तिको भन्दा पनि पार्टीको इमेजमा ध्यान दिन आवश्यक छ । सामुहिक भावनाबाट पार्टी इमेज बन्ने गरि निर्णय लिने अभ्यास आवश्यक छ‘ उनले सांसद कोषको रकम पनि जनताको हित र जनताको आवश्यकता हेरेर लगानी गर्ने पक्षमा निर्णय लिन पार्टी नेतृत्वलाई आग्रह गरे ।  

कोरोनाको उपचारबाट सरकारले हात झिकेकोमा आपत्ति जनाउँदै सांसद दिव्यमणीले संविधानले प्रत्याभुत गरेको स्वास्थ्यको अधिकारलाई सरकारले अवज्ञा गरेको बताए । उनले सरकारको यस्तो गैरजिम्मेवार हर्कतको आम नेपालीले बिरोध जनाउनु पर्ने उल्लेख गर्दै भने, 'जनताको स्वास्थ्यमा गरिएको यो भद्धा मजाकको कडा रुपमा प्रतिकार र बिरोध हुनुपर्छ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ