सांसद डिला संग्रौलाले भनिन् –सिंगो संसदीय दलले सामूहिक निर्णय गरोस्
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
451
Shares
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा डिला संग्रौलाले सांसदहरुलाई दशैं खर्च वितरण गरिएको सन्दर्भमा पार्टीलाई एकढिक्का निर्णय गर्न आग्रह गरेकी छिन् ।
उनले एक दुई जना सांसदले दशैं खर्च फिर्ता गरेर नहुने भन्दै सामूहिक निर्णय गरेर कांग्रेसले फिर्ता गर्नुपर्ने बताएकी हुन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै सांसद संग्रौलाले लेखेकी छिन्, ‘सासंदहरुलाइ दसैं खर्च बितरणको प्रसङ्ग मा एक दुई जना सासंदले दसैं खर्च फिर्ता गरेर मात्र हुन्न।सिंगो संसदीय दलले सामुहिक निर्णय गरि सबै सासंदले पाउने दसै खर्चको रकम कोरोना परिक्षण र उपचार मा लगाउनु पर्छ ।’