arrow

दुई बालिकाको शव भेटियो पोखरीमा

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
water-kill.jpg

धनुषा । दुई बालिका पोखरीमा मृत अवस्थामा फेला परेका छन् ।  धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–१ सिनुरजोराका उपेन्द्र यादवकी नौ वर्षीया छोरी राधिका यादव र रामकुमार यादवकी आठ वर्षीया छोरी खुशी यादव पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा आइतबार साँझ भेटिएका हुन् ।

शनिबार दिउँसो आङ्गनमा खेल्दाखेल्दै हराएकी दुवै बालिका साँझसम्म घर नफर्केपछि खोजतलास गरिएको थियो । घरपरिवारले राति ८:४५ बजे लक्ष्मीनियाँ प्रहरी चौकीमा बालिका हराएको जानकारी गराएका थिए । 

प्रहरीमा खबर गरिएपछि खोजतलाश गर्ने क्रममा आइतबार साँझ स्थानीय बाबुजी यादवको पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । 

दुवै बालिकाको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुवै बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ