arrow

प्रचण्डको आशिर्वाद लिन नयाँ मन्त्रीको खुमलटारमा जमघट

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
prachanda4.JPG

काठमाडौं । सत्तारुढ दल नेकपाका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई दुई अध्यक्षले अस्वीकार गर्न सक्दैनन् । केपी ओलीले पुष्पकमल दाहाल प्रचण्डको सहमतिमै उनलाई अर्थमन्त्रीमा नियुक्त गरेका थिए । वरिष्ठ नेता माधव नेपाललसँग पनि पौडेलको सम्बन्ध खास विग्रेको छैन । तर सरकार पूर्नगठनको प्रक्रियासँगै नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल लगायत नेताहरु खासै खुशी पनि छैनन् । 

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपवी ओली बाहेकका नेताहरुले आन्तरिक रुपमा असन्तुष्टि व्यक्त गरिरहेका बेला आइतबार साँझ खुमलटारमा नयाँ मन्त्रीहरुको जमघट भएको छ । शुरुमा विष्णु पौडेल खुमलटार पुगेका थिए । उनीपछि शहरीविकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लिलानाथ श्रेष्ठ खुमलटार पुगेर प्रचण्डसँग शुभकामना र आशिर्वाद ग्रहण गरेका थिए । खुमलटार निकट स्रोतका अनुसार वालुवाटारमा ओली प्रचण्डको भेटघाट सकिएपछि उनिहरु खुमलटार पुगेका हुन् । 

२६ भदौंमा सकिएको स्थायी कमिटीको बैठकको निर्णयविपरित केपी शर्मा ओलीले नयाँ मन्त्रीहरु ल्याएको भन्दै प्रचण्ड र नेपालले असन्तुष्टि व्यक्त गरिरहेका बेला नवनियुक्त मन्त्रीहरु खुमलटार पुगेका हुन् । नवनियुक्त तीनै जना मन्त्री ओली गुटका हुन् । नयाँ मन्त्रीहरु निवासमा आउने भएपछि प्रचण्ड वालुवाटारबाट चाडै नै निस्केका थिए । कर्णालीको पार्टी विवाद मिलाउन भनेर वालुवाटार पुगेका प्रचण्ड चाडै निस्केपछि आइतबार खासै कुनै निर्णय नभएको स्रोतको दावी छ । 

प्रचण्ड र नेपाल असन्तुष्ट रहेपछि कर्णालीको विवाद पनि नयाँ शिराबाट अघि बढिरहेको छ । माधव नेपाल समूहले मूख्यमन्त्री शाहीसँग मिलेपछि ओली पक्ष चिढिएको छ । कर्णाली विवादमा माधव नेपाल पक्षलाई फाइदा हुनेभएकै कारणले कर्णालीको विवाद निरुपण गर्न वालुवाटारले आलटाल गरिरहेको छ । 
‘पार्टीभित्र विवाद बल्झिरहेका वेला मन्त्रीहरु निवासमा आउनुभएको थियो खास काम केही नभएपनि उहाँहरुले भेटघाट गर्ने इच्छा व्यक्त गरेका कारण भेटघाट भएको हो’, खुमलटार निकट स्रोतले भन्यो ‘मन्त्रीहरु नियुक्त भएपछि पार्टी अध्यक्षलाई भेट्ने चलन यसअघि पनि थियो सोही अनुसार उहाँहरुको भेट भएको हो ।’

महासचिवको हैसियतले पौडेलले प्रचण्डलाई हप्तामा दुई वा तीन पटक पनि भेटघाट गरिरहेका हुन्थे भने श्रेष्ठद्धयको भने प्रचण्डलाई भेट्नुपर्ने कुनै काम नै हुदैन्थ्यो । २०७० सालको संविधान सभाको निर्वाचनमा लिलानाथसँग त सिराहामा प्रचण्डले झण्डै हारेका थिए । लिलानाथ भने प्रचण्डका प्रतिस्पर्धीसमेत हुन् । पार्टी एकिकरण भएपछि मात्रै उनीहरुको पहिलो भेट आइतबार खुमलटारमा भएको स्रोतको दावी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ