arrow

चार कर्मचारीमा संक्रमण देखिएपछि काउन्सिल बन्द

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
press-council-nepal.jpg

काठमाडौँ । प्रेस काउन्सिल नेपालले अनलाइन उजुरीबाहेक अन्य सेवा प्रवाह सोमबारदेखि बन्द गरेको छ । काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले एक सूचना जारी गर्दै कोभिड– १९ को संक्रमणको जोखिम बढेकाले हाललाई अनलाइन उजुरीबाहेकका सबै सेवा बन्द गरिएको जानकारी दिए । 

उनले काउन्सिलका चार जना कर्मचारीलाई संक्रमण देखिएकाले अन्य कर्मचारीमा समेत संक्रमणको भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनजर गर्दै दशैँ अगाडि सबै सेवा स्थागित गरिएको जानकारी दिए । 

“दशैँको पूर्वसन्ध्यामा काउन्सिलबाटै कोभिड– १९ को संक्रमणले भयावह रुप लिनसक्ने अवस्थालाई मध्यनगर गरी क्षमता र परिस्थितिअनुसार सकुशल रहेका कर्मचारीले आआफ्नो घरबाट अनलाइन उजरी र स्वअनुगमनसम्बन्धी कार्य गर्नेगरी सोमबारदेखि अर्को व्यवस्था नभएसम्मका लागि अनलाइन उजुरीबाहेक अन्य सेवा स्थगित गरिएको छ”,  जारी सूचनामा भनिएको छ । 

काउन्सिलका एक अधिकृत, दुई वरिष्ठ सहायक र हलुका सवारी चालकलाई संक्रमण देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ