arrow

थप एक मन्त्रीमा संक्रमण

logo
प्रकाशित २०७७ कार्तिक ३ सोमबार
nembang.jpg

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। सोमबार भएको पिसिआर परीक्षणको रिपोर्टमा संक्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन्।मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा आएका सबैलाई स्वास्थ्यको ख्याल गर्न पनि अनुरोध गरेका छन्।

अहिलेसम्म सङ्घीय सरकारमा तीन मन्त्रीलाई संक्रमण पुष्टि भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई र  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेललाई संक्रमण पुष्टि भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ