arrow

लिवाङमा प्रभु बैंकको शाखा कार्यालय

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
prabhu-rolpa.jpg

काठमाडौं। प्रभु बैंक लिमिटेडले रोल्पाको लिवाङमा नयाँ शाखा कार्यालय खोलेको छ। बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार कार्तिक ३ गतेदेखि रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ४ स्थित लिवाङमा आफ्नो २१० औं शाखा खोली सञ्चालनमा ल्याएको जनाएको छ।

बैंकको लिवाङ शाखा कार्यालयको रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले बिहान १०:२० को साइतमा उद्घाटन गरे। उक्त क्रममा मेयर केसीले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेका ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए।

केसीले प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउँदै बैंकलाई सफलताको शुभकामना दिए।

बैंकको लिवाङमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले त्यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा लिवाङ शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको प्रेस विज्ञप्तिमार्फत बताएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ