arrow

सोमबार कोरोना पुष्टि भएकी महिलाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
woman-dead-body.jpg

रुपन्देही । रुपन्देहीमा थप एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा बिहान मृत्यु भएको हो । 

अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमका अनुसार सोमबार कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको थियो । 

ती महिला मधुमेहकी दीर्घरोगी थिइन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यससँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ