arrow

विवेकशील नेपाली दल र साझा पार्टीको एकीकरण अन्तिम चरणमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
sajha-bibekshil-unity.jpg

काठमाडौं। विवेकशील नेपाली दल र साझा पार्टीको एकिकरण अन्तिम चरणमा पुगेको छ। दुबै पार्टीको राजनीतिक संवाद समितिले पेश गरेको दुई दलबिचको एकीकरणका लागि भएको वार्ताका निष्कर्षहरू मंगलवार साझा पार्टीका संयोजक रवीन्द्र मिश्र र विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले आआफ्नो पार्टीको संघिय / केन्द्रीय समितिमा उक्त प्रतिवेदन प्रस्तुत गरेका छन्। 

उक्त प्रतिवेदनलाई दुवै पार्टीका केन्द्रीय / सङ्घीय समितिमा छलफल र अनुमोदन गर्दै आ-आफ्नो पार्टी विधानमा तोकिएको प्रक्रिया पूरा गरेपछि मात्र एकीकरणको प्रक्रियाले पूर्णता पाउने विवेकशील नेपाली दलका संवाद समिति संयोजक निर्देश सिलवालले जानकारी दिए।

दुबै पार्टीको राजनीतिक संवाद समितिले असोज २९ गते दुबै पार्टीका अध्यक्षलाई पार्टी एकिकरण सम्बन्धि ‘संयुक्त प्रतिवेदन’ बुझाएको थियो। विगतमा भएका आफ्ना कमजोरीलाई स्विकार्दै तथा जनभावनाको कदर गर्दै २०७७ असार ३१ गतेदेखि दुवै पार्टीले एकीकरण वार्ता शुरू गरेका थिए। वार्ता सकारात्मक भइ पार्टी एकिकरण प्रक्रिया अन्तिम चरणमा रहेको साझा पार्टीकी संवाद समिति संयोजक समीक्षा बास्कोटाले जानकारी दिइन। 

सुसंस्कृत राजनीति, सुशासन, भ्रष्टाचार विरुद्धको शून्य सहनशीलता, समतामूलक संवृद्धि र नेपाल रूपान्तरणको एउटै लक्ष्य बोकेका तथा आम नेपालीले वर्तमानको विकृत राजनीतिको विकल्पका रूपमा यि दलले आफूलाई उभ्याउने प्रयास गरेपनि पार्टी एकिकरणको छोटो समयमै अलग भएका थिए । 

वार्ता प्रक्रियामा साथ र सहयोग दिनुहुने पार्टी नेत्रित्वका साथै वार्ताको माहौल बनाउन सकारात्मक भुमिका खेल्नुहुने दुवै पार्टीका सदस्य पङ्तीलाई सिलवाल र बास्कोटाले संयुक्त वक्तव्य निकालेर धन्यवाद दिएका छन् ।।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ