arrow

संक्रमण व्यापक हुँदै जादाँ सरकार दिनप्रतिदिन फितलो, गम्भीर हुन माग

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
corona-pcr-lab.jpg

काठमाडौँ । कोभिड–१९ संक्रमण नेपालमा भयावह हुँदै गइरहेको स्थितिमा पिसिआर परीक्षण निःशुल्करुपमा व्यापक विस्तार गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ । 

संक्रमणको चाप अनुसार समुचित उपचारको व्यवस्था गर्नुपर्ने र संक्रमण विस्तार हुन नदिन आवश्यक प्रबन्धसहित मापदण्ड अवलम्बन गर्नुपर्नेमा सरकार दिनप्रतिदिन फितलो हुँदै गएको समाजका महासचिव सुशील बस्नेतले मंगलबार विज्ञप्तिमार्फत माग गरेका हुन् । 

“नागरिकको स्वास्थ्य, शिक्षा र जीवनयापनका सवालमा गम्भीर भई आवश्यक प्रबन्धसहितको व्यवस्था गर्न सरकारलाई समाज विशेष आग्रह गर्दछ”, उनले भनेका छन् ।     

संक्रमण व्यापक हुँदै गएको र मृत्युदरसमेत बढ्दै गएको समयमा उपचारका लागि अत्यावश्यक आइसियु, भेन्टिलेटरसहितका अस्पतालको सङ्ख्या वृद्घि गर्नुपर्नेमा बस्नेतले जोड दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ