arrow

दशैंमा टीका लगाउँदा दिने आशीर्वाद र त्यसको अर्थ

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
dashain-tika-2073-1.png

काठमाडौं । दशैंमा टीका लगाउँदा दिईने आशीर्वादमध्ये संस्कृतको एउटा श्लोक ज्यादै प्रसिद्ध रहेको छ । हरेकले वैदिक मिथकहरूको प्रयोग र वैदिक व्यक्तित्वहरूलाई सम्झिएर दिने गरेको आशीर्वादको शुद्ध रूप र यसको अर्थ तल प्रस्तुत गरिएको छ ।

विजयादशमीको दिनदेखि पाँचदिनसम्म चल्ने दशैं टीकामा आफू भन्दा ठूलाले आफू भन्दा सानालाई टीका लगाउँदा भनिने श्लोक हो यो । आफ्नो घरमा टीका लगाउन आउनेको क्रम निरन्तर रहन्छ ।

अन्त्यमा यो टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ र पूर्णिमादेखि एक पक्षको (पन्ध्र) दशैं चाडको अन्त्य हुन्छ । यसै बखत वर्षा पुग्यो भनी इन्द्रलाई समाचार दिने पौराणिक कथनको अवलम्बन गरी वर्षा थाम्न चङ्गा उडाउने कार्य पनि बन्द गरिन्छ ।

 

श्लोकः

आयूद्र्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।

दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।

विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।। 

 

अर्थः द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति, भगवान् रामले जस्तो शत्रु नाश, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानझैँ गतिशील, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्ण जस्तै दानवीर, बलरामको जस्तै बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवाद, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति प्राप्त होस् भनी मान्यजनले आशीर्वचन दिन्छन् ।

मानव मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाइन्छ । गाईको दूधको दहीले रंगाएको रातो वा सेतो अक्षताको टीका लगाउनुपर्छ । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ