arrow

बिएण्डसी र बाटैमा संक्रमित वृद्धावृद्धको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
corona-killed-final.jpg

दमक ।कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा मंगलबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो । ती संक्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो । 

त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले वताए  । दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भिर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो । 

त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो । दुवै संक्रमितको मंगलबार कनकाईमाईमा अन्त्येष्टि गरिएको छ । योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ