कोरोनाले विदेश जान नपाएका टंक बहादुर आफ्नै घरमा झुन्डिएको भेटिए
युबराज रेग्मी,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
737
Shares
झापा । झापा जिल्लाको गौरादह नगरपालिका ६ दामुना बजारस्थित आफ्नै घरमा एक पुरुषको शव झुण्डिएको अबस्थामा मंगलबार फेला परेको छ ।
स्थानीय गोपाल भनिने बर्ष अन्दाजी ३६ का टंक बहादुर गुरुङ आफ्नो घरको छतमा जाने भर्याङ्ग कोठामा झुण्डिएको अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिएका छ्न ।
मृतकको आमा बुवा श्रीमती र दुइ छोराछोरी रहेका छन् । उनी वैदेशिक रोजगारिमा जाने तरखरमा रहदा कोरोना महामारी र लकडाउनका कारण रोकिएको कुरा स्थानीयहरुले बताएका छन् । हाल उनको शवलाई मुचुल्का तयार गरी पोष्टमार्टमका लागि दमक पठाइएको प्रहरीले जनाएको छ ।