arrow

लज्जास्पद सरकारी निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई भण्डारीले लेखे पत्र

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ४ मंगलबार
thsit-bhandari.jpg

काठमाडौं। नेपाली कांग्रेसका युवानेता क्षितिज भण्डारीले फ्रन्टलाईनमा ज्यानको बाजी राखेर खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई भत्ता नदिने तर आफै भत्ता बुझ्न अग्रसर हुनुले प्रधानमन्त्रीको लोकतान्त्रिक गणतन्त्रको यात्रा कतातिर गइइरहेको भन्ने प्रष्टिएको बताएका छन् । भण्डारीले नेपाली कांग्रेस र नेकपाका सांसदले कार्यकर्ता जनताको दबाब थेग्न नसकेर दशैं भत्ता फिर्ता गर्नु आफैमा स्वागतयोग्य कुरा भएको उल्लेख गर्दै अब सबै दलका कार्यकर्ता र जनताले भ्रष्टाचार विरुद्ध आवाज उठाउदै अगाडि बढनुपर्ने बताएका छन् ।

मन्त्रिपरिषदको निर्णयको हवाला दिदै केन्द्र र प्रदेशमा धेरै सांसदले भत्ता बुझिसकेको देखिनु अनि भत्ता दिने र बहिष्कारको प्रतिस्पर्धाले गरिमामय सांसद र सभामुख समेत अदुरदर्शिताको दाग लागेको भण्डारीको आरोप छ । पटकपटक मन्त्री भईसकेका लालबाबु पण्डित जस्ता नेताले आफ्नो भत्ता काटने हो भने अब कर्मचारी र पत्रकारको पनि तलबभत्ता काटनुपर्ने भनी धम्काएको दृष्यले भोगबिलासमा लिप्त सांसदप्रती नै जनबितृष्णा बढेको भण्डारीले बताए । 

सरकारप्रति जनआक्रोश बढेको परिदृश्यका बिच अस्पतालमा कोभिड-१९ को निशुल्क उपचार नगर्ने सरकारी निर्णयले नेपालको संविधान, राजनीतिक दलको घोषणापत्र, सर्वाेच्च अदालतको आदेशको धज्जी उडाएको भण्डारीले बताए । नेपालको लोकतान्त्रिक समाजवादतर्फ उन्मुख राज्यको अवधारणा विपरीत यी निर्णयबाट अब धन हुने सबै बर्ग र सरकारका सांसद, मन्त्रीले महङ्गो नीजि अस्पतालमा उपचार गर्ने तर गरिबको आशा सरकारी अस्पतालको ढोका बन्द हुनुले सरकारको औचित्य नै समाप्त भएकोले बिद्रोह हुनसक्ने भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा उल्लेख छ ।

सरकारले लकडाउन पीडित जनतालाई राहत प्याकेज मार्फत उद्धारको सट्टामा बेहोस भए मात्र अस्पताल आउनु भन्नु, बिमा कम्पनीको ठगीको साक्षी बन्नु, स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्नु, राहत प्याकेज कागजमा सिमित राख्नु, कोरोनाको आफ्नै खर्चमा परीक्षण गर्नु, उपचार गर्दै मृत्यु भए स्वयं दाहासस्कार गर्नु भन्ने जस्तो अपरिपक्व र लज्जास्पद घोषणाको निर्णय फिर्ता लिई परिक्षण, उपचार र क्षतिपूर्तिको निर्णय लिन युवानेता क्षितिज भण्डारीले माग गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ