arrow

मृतक संक्रमितको आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार

logo
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
dead-body11.jpg

दमौली । मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर बुधबार परिवारले दाहसंस्कार गरेका छन् । 

गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।

कोरोना संक्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो । 

टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात् पिसीआर परीक्षण गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ