arrow

मन्त्री सांसदलाई भत्ता स्वास्थ्यकर्मीको हरायो, वीरका स्वास्थ्यकर्मी बिरोधमा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ५ बुधबार
bir-hospital-protest.jpg

काठमाडौं। कोरोनाको उपचारमा खटिए बापतको भत्ता लगायत सुविधा नदिएको भन्दै बिरोधमा उत्रिएका कर्मचारीले बुधबार पनि वीर अस्पतालमा धर्ना दिएका छन्। 

अस्पतालका पदाधिकारी विरुद्धको आन्दोलन थालेका उनीहरुले बिहान १० देखि ११ बजेसम्म धर्ना दिएका हुन् । कार्तिक ३ गतेदेखि बिरोधमा उत्रिएका उनीहरु लगातार तेस्रो दिन पनि आन्दोलनमा छन् । हाम्राकुरासँग कुरा गर्दै नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुमराज आचार्यले बिरोधका कार्यक्रम अन्तर्गत अस्पतालमा धर्ना दिने, पदाधिकारी विरुद्ध पम्पलेट तथा दुवै गेटमा कालो ब्यानर टाँस्ने कार्यक्रम गरेको बताए।

आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने आचार्यले बताए । चैतदेखि हालसम्म कोभिड भत्ता, औषधी खरिद खर्च र सेवा विस्तार भत्ता तथा स्वास्थ्य सुरक्षाका सामग्री नदिएको भन्दै वीर अस्पतालका कर्मचारीहरु आन्दोलित भएको आचार्यले बताए । 

पटक पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको भन्दै उनीहरुले न्याम्सका उपकुलपति, अस्पतालका डिन, निर्देशक, रजिष्ट्रार र रेक्टरको पदबाट राजीनामा माग गरेका छन् । आफुहरुले पीपीई, मास्क लगायत सुरक्षा सामग्री नपाउँदा जोखिम मोलेर काम गर्न बाध्य भएको वीरका कर्मचारीहरुले गुनासो गर्दै आएका छन् । उनीहरुले मन्त्री र सांसदहरुलाई लुसुक्क दशैं खर्च दिन सक्ने सरकारले अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीलाई उपचारमा खटिए वापतको भत्ता समेत नदिएर धोका दिएको बताएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ