arrow

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालन

logo
प्रकाशित २०७७ कार्तिक ६ बिहिबार
prabhu-rupandehi.jpg

काठमाडौं। प्रभु बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ। रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गते देखि कारोबार सुरु कम्पनीले जनाएको छ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा पनि आफ्नो सेवा विस्तार गर्न सफल भएको कम्पनीको विज्ञप्तिमा उल्लेख गरेको छ। प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने कम्पनीले बताएको छ।

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ।

प्रभु बैंकले २१० वटा शाखा कार्यालय, एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ